चर्चित खेलाडी गम्भीरले राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने

एजेन्सी

विहीबार, २० चैत्र २०७६, २१ : ३५
चर्चित खेलाडी गम्भीरले राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने

काठमाण्डौँ । भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गर्नुभएको छ । सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना सङ्क्रमण विरुद्धको लडाइमा टेवा पु¥याउन आफ्नो तलव दिने घोषणा गरेको बताउनु भएको हो । 

“अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफुले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ”  उहाँले बिहिवार भन्नुभयो ।   सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गर्नुभएको छ । 

भारतमा बिहिवारसम्म कोरोना भाइरसको कारण एक हजार ९६५ जना सङ्क्रमित भएका छन् । तिमध्ये १३१ जना पछिल्लो १२ घण्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कुल बिरामीमध्ये एक हजार ७६४ जना अझै पनि बिरामी अवस्थामा छन् भने ५० जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस