काठमाडौं । कतारबाट आएकी कोरोना सङ्क्रमित युवतीसँगै आएका फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ ।
युवतीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएकामा आज नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुु भयो ।
कोरोना सङ्क्रमित युवतीसँंगै आएका जिल्लाका अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १४ चैत्र २०७६, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति