मोजाम्बिक । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग ‘आइओएम’ का अनुसार मोजाम्बिकमा एउटा कन्टेनरभित्र ६४ पुरुषको शव फेला परेको छ । बाहिरबाट बन्द गरिएको उक्त कन्टेनरलाई टेटेस्थित एउटा चेकप्वाइन्टमा सुरक्षा जाँचका क्रममा खोलेर हेर्दा शवहरु फेला परेको अधिकारीहरुको भनाइ छ ।
आइओएमका अनुसार १४ जनाको भने उद्धार गरिएको छ । स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई स्थानीय अस्पतालमा पठाइएको छ ।
उद्धार गरिएकाहरुका अनुसार उनीहरु इथियोपियाबाट दक्षिण अफ्रिका जाँदै थिए । कन्टेनर चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । चालकका अनुसार उसलाई ती व्यक्ति लगिदिएबापत करिब ५ सय डलर दिने प्रतिबद्धता जनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ चैत्र २०७६, १५ : ३३
लेखकबाट थप