काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान ज्यान गुमाउने व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ ।
मृतक वीरगन्जका सन्तोष यादवको रिपोर्ट प्राप्त भएको र रिपोर्ट हेर्दा उनको कोरोना संक्रमण नभएको देखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।
रिपोर्ट आएको छ, रिपोर्टमा कोरोना नेगेटिभ देखियो उनले भने, ‘यहाँबाट स्याम्पल लिइएका अन्य तीन जनालाई पनि प्रयोगशालाले नेगेटिभ नतिजा आएको जानकारी दियो।’
कोरोनाको आशंकामा यादवको शव सोही अस्पतालमा राखिएको थियो। अब उनको शव परिवारलाई दिइनेछ । मिगौलाको रोगी रहेका उनी भरतपुर मेडिकल कलेजमा चैत ९ गते भर्ना भएकोमा सोमबार कोरोनाका आशंकामा कोरोना विशेष अस्पतालमा रिफर भएका थिए ।
अस्पतालले सोमबार नै कोरोनको टेस्टका लागि प्रयोगशालामा नमुना पठाएकोमा रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०७६, २२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका केराले पाउन थाल्यो बजार, किसान उत्साहित
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध
चितवनका भित्री सडकमा दुर्घटना बढी
चितवनमा कैदीबन्दीको चाप बढेसँगै व्यवस्थापनमा समस्या
चितवनमा भएको बाघचाल प्रतियोगितामा सागर भण्डारी पहिलो
बिभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल चितवनमा