काठमाडौँ । दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ जना नेपाली नेपाल फर्किएका छन्।
युएईबाट एयर ईण्डिया फाईट मार्फत दिल्ली हुँदै नेपाल आएका २८ नेपाली आज नेपाल फर्किएका हुन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरेपछि मात्र उनीहरू करीब २४ घन्टापछि शनिबार बिहान काठमाडौं आर्लेका छन्।
आवुधावी, दुबई एयरपोर्टबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा केहि समय रोकिएपछिअलपत्र परेका थिए।
एयर इन्डियाको लापर्बाहीका कारण अनाहकमा दिल्ली एयरपोर्टमा उनीहरूले बिचल्ली भोग्नु परेको थियो।
कोरोना चेक गर्ने भन्दै समय लब्याएपछि प्लेन छुटेको र नेपाल आउन ४० हजारदेखि ६० हजार भारतीय रुपियाँ तिरी टिकट काट्नुपर्ने पीडित नेपालीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०७६, १६ : १८
लेखकबाट थप