काठमाडौँ । कोरोना भाइरसको प्रकोपका कारण मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनको लागि बन्द हुने भएका छन्। सर्वोच्चको फूलकोर्ट बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता कामकारबाही बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार सर्वोच्च अदालतमा बसेको फूलकोर्टले १५ दिनका लागि मुलुकभरका अदालतले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । केहीदिन अघि नेपाल बार एशोसिएशनले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्न सर्वोच्चलाई सुझाव दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०७६, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
रवि लामिछानेको सांसद पद निलम्बनविरुद्ध अदालत जाँदै रास्वपा
रविविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ताको तयारी
म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराउँदै प्रहरी
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो