काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला नेपालीहरुको रोजगार गन्तब्य बन्दै आएको मलेसियाले पनि विदेशी नागरिकलाई मलेसिया प्रवेशकमा रोक लगाएको छ । मलेसिया सरकारको यो निर्णय पछि अब नेपालीहरुले पनि मलेसिया जान नपाउने भएका छन् । तर यो सधैका लागि बनेको नियम भने होइन् ।
उसले कोरोना संक्रमण नियन्त्रणका लागि अपनाएको सावधानीका लागि विदेशी नागरिकलाई अहिले आफ्नो देश प्रवेशमा रोक लगाउने गरी गरेको निर्णय मात्र हो । मलेसियाले दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको हो । भोलि बुधबारबाट यो नियम लागु गर्ने मलेसिया सरकारले जनाएको छ ।
प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको जानकारी गराएका हुन् । उनले टेलिभिजनमा सम्बोधन गर्दै मलेसियाका नागरिकलाई पनि सो मितिसम्म देशबाहिर जान रोक लगाईएको बताएका थिए ।
यही निर्णयका कारण नेपालीहरु मलेसिया जान चाहेपनि अब नपाउने भएका हुन् । तत्कालका लागि दुई साताका लागि यो नियम मलेसिया सरकारले बनाए पनि त्यसपछिको कोरोना संक्रमणका अवस्था हेरेर मात्र थप निर्णयमा पुगिने त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् । मलेसियाले कुनै पनि भेला, खेलकुद र धार्मिक गतिविधि गर्न समेत रोक लगाएको छ । साथै शैक्षिक संस्था समेत बन्द भएका छन् । मलेसियामा अहिलेसम्म कोरोना संक्रमित संख्या ५५३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति