माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्राविधिक परीक्षण सुरु

मंगलबार, ०४ चैत्र २०७६, ०७ : ३१
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्राविधिक परीक्षण सुरु

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध, इन्टेक, बालुवा थ्रिगाउने पोखरी, गेट, स्टपलग लगायतका अन्य हेडवक्र्सका संरचनाहरुको सोमबारबाट प्राविधिक परीक्षण गर्न सुरु भएको हो । बिहान साढे ९ बजेबाट प्राविधिक परीक्षणको काम सुरु भएको हो ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबारमा निर्धाणाधिन जलविद्युत आयोजनमा चैत २२ गते सम्म आयोजनाको जलाशय तथा बालुवा थ्रिगाउने, पोखरीमा पानी भर्ने कार्य सुरु गरिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले दुई तिहाई पानी बालुवा थ्रिगाउने पोखरीमा राखिने र एक तिहाई पानी नदीमा छोडिने बताए । बाँधस्थलको लम्बाइ साँढे दुई किलोमिटर, चौडाइ ६० मिटर तथा उचाइ २२ मिटर रहेको उनले बताए । उनी भन्छन करिब १३र१४ क्युवीक मिटर पानी जम्मा गरेर परीक्षणको काम सुरु गरिनेछ ।

प्राविधिक परीक्षणका क्रममा तामाकोशी नदीको बहाव घटबढ हुने भन्दै बाँधभन्दा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत प्रवक्ता न्यौपानेले गरेकाछन ।नदीको बहाव घटबढ हुने भन्दै बाँधभन्दा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

तामाकोशी नदीको किनारमा पर्ने लामावगर, छ्योतछ्योत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले, सिंगटी बजारसम्म तामाकोशी नदीमा पानीको सतह पटक–पटक घटबढ हुनुका साथै सिंगटी बजारभन्दा दक्षिण खुर्काेट नजिकै तामाकोशी र सुनकोशी नदीको दोभानसम्म तामाकोशी नदीको पानीको सहत सामान्य रुपमा घटबढ हुने भएकाले आयोजनाको प्राविधिक परीक्षण अवधिमा तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने लगायतका कार्य नगर्न आग्रह गरिएको आयोजनाका जनाएको छ । राजधानी  दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस