काठमाडौं । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलानको तयारी भइरहेको छ ।
धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी दिए ।
यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले आज धरहरा र रानीपोखरी पुनर्निर्माणको अवलोकन गरेका छन् ।
रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीएरतुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताए ।
उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्व निर्धारित समयमा धरहरा र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ चैत्र २०७६, १८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ धरहरामा सवारी पार्किङ गर्दा लाग्ने शुल्क
आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
सर्वसाधारणका लागि धरहरा खुला गरिदै
धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो