देवघाटमा उद्यमशिलता तालिम

सफल खबर संवाददाता

आइतबार, ०२ चैत्र २०७६, १७ : २८
देवघाटमा उद्यमशिलता तालिम

तनहुँ । देवघाट गाउँपालिकाभित्र बसोबास गरिरहेका र कुनै व्यवसाय गर्न इच्छुक युवाहरुलाई लक्षित गरी देवघाटधाममा उद्यमशिलता तालिम आइतबारदेखि सुरु भएको छ ।

देवघाट गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको प्राविधिक सहयोगमा आयोजित उद्यमशिलता विकास तालिम तीन दिनसम्म चल्नेछ ।

तालिममा देवघाट गाउँपालिकाभित्रका ४० जनाको सहभागिता रहेकोे देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । 

तालिमका सहभागीलाई उद्योग बाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले व्यावसायिक योजना, व्यवसाय दर्ता र आयस्रोतबारे प्रशिक्षण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस