तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

सफल खबर संवाददाता

आइतबार, ०२ चैत्र २०७६, १२ : ५५
तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा तोलामा १५ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ७० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।