गैरे समाजले दियो रंगशालालाई एक लाख

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १८ : ४०
गैरे समाजले दियो रंगशालालाई एक लाख

चितवन । निमार्णाधीन गौतमबुद्ध  अन्तराष्ट्रिय  क्रिकेट  रंगशालाको   लागि विभिन्न  संघ संथाहरुको  आर्थिक  तथा जिन्सी  सहयोग  गर्ने क्रम जारी छ । 
शनिबार गैरे  सेवा समाज  जापन र चितवनले एक लाख  दुई  हजार  ५ सय रुपैया   नगद  हस्तान्तरण गरेको थियो । सहयोग  रकम  धुर्मुस सुन्तली फाउण्डेशनका  अध्यक्ष   सिताराम कटेललाई हस्तान्तरण गरिएको गैरे  सेवा समाज  चितवनका  अध्यक्ष प्रेमकुमार गैरेले जानकारी  दिए । 

जापनमा रहेका  गैरे दाजुभाईहरुबाट  संकलन गरिएको रकम  रंगशाला  निर्माणमा  टेवा  पु–याउने उद्येश्यले  हस्तान्तरण  गरिएको    गैरे सेवा समाज चितवनका  सल्लाकार सुमन गैरेले जानकारी दिए ।
यसअघि पनि भुकम्पपिडित क्यान्सर पिडित  लगायतका व्यक्ति  र संघ  संस्थालाई सहयोग रकम दिदै आएको   गैरे सेवा  समाज  जापानका कोषाध्यक्ष चेतराम गैरेले  बताए ।  आगामी दिनमा पनि सहयोग  गदै  जाने योाजना रहेको  सो  समाजको सहकोषाध्यक्ष लक्षमण गैरेले जानकारी  दिए । 

यसैबीच, चितवन अटोमोवाइलस  एसोसियनले शनिवार रंगशालामा मैत्रीपूर्ण फूटवल  खेली  आर्थिक सहयोग गरेको छ । एसोशियनका अध्यक्ष अमृत  जोशीले दिएको जानकारी  अनुशार फूटवल खेलेपछि रंगशालालाई जिन्सी सहित तीन लाख ८ हजार सयोग गरिएको  हो । नगद मात्रै २  लाख  ५१ हजार  ४ सय  ५१ रुपैयाँ नगद  सयोग गरेको  जोशीले   बताए  ।  खेलमैदान  निर्माणको  लागि छुटै १५ ह्जार  नगद  दिएको शिवराज गिरीले बताए ।  एसोशियसनको  २ सय लिएको  हाइड्रोलिक  आयल २ वटा   ठेला २ बाल्टी  ग्रिज पनि सहयोग गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस