‘कोरोना भाइरसको मार व्यवसायिक क्षेत्रमा पनि परेकाले व्याज मिनाहा हुनुपर्ने माग’

शुक्रबार, ३० फागुन २०७६, १९ : १६
‘कोरोना भाइरसको मार व्यवसायिक क्षेत्रमा पनि परेकाले व्याज मिनाहा हुनुपर्ने माग’

चितवन । उद्योग वाणिज्य संघले चितवनले कोरोना भाइरसको त्राससंगै व्यवसायिक क्षेत्र पनि मारमा परेको भन्दै उद्योग क्षेत्रलाई व्यवसायिक संक्रमणकालको रुपमा घोषणा गरि बित्तिय क्षेत्रबाट लिईएको व्याज मिनाहा गर्न सरकारसंग आग्रह गरेको छ ।

संघका अध्यक्ष राजु श्रेष्ठद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ–‘कोरोना भाइरसकै कारण नेपालको मात्र नभई विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेकोले भाइरस भित्रन नदिन विभिन्न देशले अपनाएका पुर्व सावधानीका कारण आयात निर्यात कार्य ठप्प जस्तो बन्दै गईरहेकाले संचालनमा रहेका उद्योग व्यवसायी धरासायी हुने हो कि भन्ने भयावह स्थिती व्यवसायी माझ बन्दै गईरहेको छ ।’

तसर्थ सरकारले यस तर्फ विशेष ध्यान पु¥याउदैं राज्यले अंगिकार गरेको ऐन, निति,नियम कानुनलाई आत्मसाथ गरि व्यवसाय संचालन गर्दै आईरहेका उद्यमी, व्यवसायीहरुले उद्योग संचालानार्थ लिएको  ऋणको व्याज तिर्न हालको परिस्थिती अनुकुन नभएका जनाईएको छ ।

एकातर्फ आवतजावत, सभासम्मेलन, मेला, महोत्सव जस्ता क्रियाकलाप गर्न बन्देज एवं कच्चा पदार्थ तथा अन्य सामानहरुको आयात समेत ठप्प  भएका कारण व्यवसायी मारमा परेको विज्ञप्तीमा उल्लेख छ ।
हेर्नुहोस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस