काठमाडौँ । सभामुख अग्नि सापकोटासँग नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्राले सापकोटासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिकसम्बन्ध भएकोले सरकार-सरकार, संसद-संसद र जनता-जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा छलफल भएको न्यौपानेले बताए ।
भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०७६, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
सांसद ढकाल र मलेसियन सभामुख बिन अब्दुलबीच शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट