काठमाडौं । अनलाइन मार्फत खानेकुरा अर्डर तथा डेलिभर गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा सावर हमला भएको छ। शनिबार साइटमा साबर हमला भएको फुडमान्डुले बताएको छ।
ह्याकरहरुले ग्राहकका व्यक्तिगत विवरण समेत चोरेका छन्। फुडमान्डुका अनुसार ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बरमा अनाधिकृत पहुँच बनाएका छन्। ५० हजारको व्यक्तिगत विवरण चोरिएको अनुमान गरिएको छ।
फुडमान्डुका सीइओ निदान श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै अहिले समस्या समाधान भएको बताएका छन्। उनले भनेक छन्, 'ग्राहकको डाटा सुरक्षाको लागि हामी प्रतिवद्ध छौ', उनले भनेका छन्। हमलाबारे फुडमान्डुले प्रहरीको साइबर अपराध डिभिजनमा जानकारी गराएको बताएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
मोरङमा भोलिदेखि अनलाइनमार्फत नागरिकताको सिफारिस
भाडाका सवारी साधनको इजाजत अब अनलाइनबाट