एजेन्सी । इटालीले लोम्बार्डीका आफ्ना १ करोड ६० लाख जनता र उत्तर तथा पूर्वका ११ अन्य प्रान्तलाई ‘लक डाउन’ गर्ने तयारीमा छ । अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
इटलीमा कोरोनाभाइरसको संक्रमण एकाएक बढ्न थालेपछि यहाँका जिम, पुल, म्युजियम र स्की रिसोर्ट बन्द हुँदैछन् ।युरोपभरी इटालीमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको हो ।
इटालीको मुख्य आर्थिक केन्द्र मिलान र प्रमुख पर्यटकीय क्षेत्र भेनिसमा समेत लागू गरिएको यो उपाय आइतबारबाट सुरु भएर अप्रिल ३ सम्म लागू हुनेछ । इटालीमा मृतकको संख्या २ सय ३० पुगिसकेको छ । पछिल्लो २४ घण्टामा ५० जना बढीको मृत्यु भइसकेको छ । शुक्रबार संक्रमितको संख्या १२ सय थियो जुन शनिबारसम्ममा ५ हजार ८ सय ८३ पुगेको छ ।
१ करोड जनसंख्या भएको इटालीको लोम्बार्डी र मिलान आपतकालीन अवस्थाबाहेक बन्द रहनेछन् । साथै भेनिस, पार्मा र मोडेनालगायतका ११ प्रान्तका जनता गरी जम्माजम्मी १ करोड ६० करोड जनता प्रभावित हुने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै