रामनारायण बिडारीको राजीनामा तयारी !

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०७६, ०६ : ३९
रामनारायण बिडारीको राजीनामा तयारी !

काठमाडौं । अर्थमन्त्रीमा युवराज खतिवडाले पुनर्नियुक्ति पाइसकेको अवस्थामा राजनीतिक बृत्तमा फेरि उनले राष्ट्रियसभामा समेत स्थान पाउने विषयले चर्चा पाएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामै नियुक्ति गर्न चाहेको र पार्टीले बामदेव गौतमलाई लैजाने निर्णय गरेको अवस्थामा नयाँ विकल्पसहितको विषयले चर्चा पाएको हो । 

त्यो हो–रामनारायण विडारीको राजीनामा । नेकपामा अहिले खतिवडा र बामदेव दुबैलाई राष्ट्रिय सभामा लैजाने विषयमा छलफल भएको बाहिर आएको छ । तर, यस विषयमा नेकपाले आधिकारिक धारणा बाहिर ल्याएको छैन । 

अहिले सामाजिक सञ्जालसमेतमा यसबारे बहस भइरहँदा नेकपा भने मौन छ । केपी ओली सरकारले रामनारायण बिडारीलाई फिर्ता बोलाएर उनको ठाउँमा बामदेवलाई मनोनयन गर्ने चर्चा छ । सरकारले राष्ट्रपतिले नियुक्त गर्ने कोटामा खतिवडालाई जस्तै बिडारीलाई पनि सिफारिस गरेको थियो । 

अहिले पार्टीभित्रको समीकरण मिलाउन बिडारीको ठाउँमा गौतमलाई लैजाने र खतिवडाले पनि निरन्तरता दिने गरी समझदारी नेकपामा भएको दावी गरिएको छ । 
यस यस विषयमा नेकपा उपाध्यक्ष समेत रहेका बामदेव गौतमको सचिवालयले भने खण्डन गरेको छ । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले विडारीलाई फिर्ता बोलाएर बामदेवलाई राष्ट्रियसभामा लैजाने कुरा हल्लामात्रै भएकाले यसमा कुनै सत्यता नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस