कोरोना भाइरस नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १४ : १०
कोरोना भाइरस नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध

काठमाडौं । नेपाल चिकित्सक संघले चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध गरेको छ । 

संघका महासचिव बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिमको क्षेत्रमा राखेको भन्दै सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत रहन अनुरोध गरेका हुन् । 

संघले यस संक्रमणले गर्दा आउन सक्ने प्रतिकूल अवस्थाको लागि लामोे बिदामा नबस्न तथा आआप्mना कार्यक्षेत्रमा तयारीका साथ रहन पनि चिकित्सकहरुलाई आह्वान गरेको छ ।