(एजेन्सी । लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थान बलियो बनाएको छ । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सिटीले लेस्टरलाई उसैको मैदानमा १–० गोलले हरायो ।
सिटीको कठिन जितमा बैकल्पिक खेलाडी ग्याब्रियल जेसस नायक बने । जेससले ८०औं मिनेटमा रियाद महारेजको पासमा गोल गरेका थिए । उनी ७७ औं मिनेटमा सर्जियो अग्युरोको स्थानमा मैदान छिरेका थिए । घरेलु टोलीलाई दबाबमा राखेपनि सिटीलाई गोल फर्काउन अन्तिमसम्म कुर्नु परेको थियो । यसअघि ६०औं मिनेटमा सिटीले पेनाल्टीको मौका पाएपनि सदुपयोग गर्न सकेन ।
इकेए गुन्डोगानको कर्नरलाई लेस्टरका डेनिस पाएटले ह्यान्ड गरेपछि भिएआरको सहायतामा सिटीलाई पेनाल्टी दिईएको थिया । सर्जियो अगुइरोको उक्त पेनाल्टी प्रहारलार्ई लेस्टरका गोलरक्षक कस्पर स्केमिचेलले सजिलै विफल पारेका थिए । लेस्टर पनि घरेलु मैदानमा राम्रा अवसर गुमाउँदा हार खेप्न बाध्य भयो ।
जितसँगै दोस्रो स्थानमा रहेको साविक विजेता सिटीले २७ खेलबाट ५७ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको लेस्टरको ५० अंक छ । एक खेल कम खेलेको लिभरपुल ७६ अंक सहित शीर्ष स्थानमा छ । आइतबार रातिनै भएको अन्य खेलमा बर्नलीले बर्नमाउथलाई ३–०, क्रिस्टल प्यालेसले न्युक्यासल युनाइटेडलाई १–० र साउथह्याम्पटनले एस्टन भिल्लालाई २–० गोलले पराजित गरेको छ । सेफिल्ड र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ फागुन २०७६, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरियो
हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित
म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी शुरुवात
टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लिभरपुल र आर्सनललाई फाइदा
म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा