दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले ओस्कारमा ‘उत्कृष्ट फिल्म’को सम्मान पाएकोप्रति ट्रम्पको असन्तुष्टि

शनिबार, १० फागुन २०७६, १२ : ४७
दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले ओस्कारमा ‘उत्कृष्ट फिल्म’को सम्मान पाएकोप्रति ट्रम्पको असन्तुष्टि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले ओस्कारमा ‘उत्कृष्ट फिल्म’को सम्मान पाएकोप्रति असन्तुष्टि जनाएका छन् । 

समाजमा धनी र गरिबबीच रहेको खाडलमाथिको डार्क सटायर फिल्म ‘प्यारासाइट’ले ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको थियो ।

फिल्म उक्त उपाधी जित्ने पहिलो विदेशी भाषाको फिल्म हो । ‘प्यारासाइट’ले ओस्कारमा उत्कृष्ट निर्देशकसमेत अन्य तीन विधामा पनि पुरस्कार जितेको थियो । 

‘ओस्करको उत्कृष्ट फिल्मको उपाधी दक्षिण कोरियाली फिल्मले जित्यो । दक्षिण कोरिया र हामीबीच व्यापारमा यति धेरै समस्या छन् । अनि एकेडेमी भने तिनका फिल्मलाई वर्षको उत्कृष्ट फिल्मको उपाधी दिएर बसेको छ,’ आफ्ना हजारौं समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भने । 

प्यारासाइटको विरोध गर्ने क्रममा ट्रम्पले हलिउडको क्लासिक फिल्म ‘गन विद द विण्ड’जस्ता फिल्मले पुरस्कार पाउनुपर्ने बताए ।