इन्डोनेसिया । शुक्रबार आएको बाढीका कारण डुबेर चार विद्यार्थीको मृत्यु भएको छ । बाढीले बगाएकाले अरु दश जना अझै हराइरहेका छन् । सरकारी अधिकारीहरुका अनुसार नदीको छेउछाउबाट यात्रा गरिरहेका बेला उनीहरुलाई नदीमा आएको बाढीले बगाएको हो ।
झण्डै २५० जनाको समूहमा रहेका विद्यार्थीमध्ये अरु दुई दर्जन घाइते भएका छन् । घाइते भएकालाई स्थानीय योगाकार्तमा रहेको अस्पतालमा उपचारका लागि लगिएको छ ।
“उनीहरु नदीको छेउछाउको यात्रा गरिरहेका थिए, त्यही बेलामा एक्कासी शक्तिशाली बाढी आएर केही विद्यार्थीहरूलाई बगायो, केहीको डुबेर मृत्यु भयो भने केही घाइते भएका छन्,” राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता अगुस विबोवोले भन्नुभयो ।
मृत्यु भएकाहरु सवै माध्यामिक विद्यालयका विद्यार्थी रहेको जनाइएको छ । सरकारी अधिकारीले हराइरहेकाहरूको खोजी कार्य तीब्ररूपमा भइरहेको जानकारी दिएका छन् ।
धेरै जना हराइरहेकाले मृत्यु हुनेको संख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले बताएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इन्डोनेसियामा पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो
ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित
इन्डोनेसियाको पश्चिमी सुमात्रामा बाढी, १५ जनाको मृत्यु