एजेन्सी । स्याउको अनेकन् फाइदा हुँदाहुँदै कम मात्र मानिसले नियमित स्याउ खाने गर्छन् । तर नियमित स्याउ खाँदा थुप्रै फाइदाहरु हुने गर्छ ।
एक अध्ययनका अनुसार एउटा स्याउमा भारी मात्रामा फ्लेवोनोइड्स पाइन्छ । फ्लेवोनोइड्सले शरीरका एक मात्र होइन थुप्रै समस्याहरुबाट बचाउँछ । त्यसैले भन्ने गरिन्छ ‘एन एप्पल अ डे कीप्स द डाक्टर अवे’ अर्थात हरेक दिन एउटा स्याउ खानुस्, डाक्टरलाई टाढा राख्नुस् ।
हरेक दिन एउटा स्याउ खाँदा स्याउमा पाइने यो तत्वले शरीरमा क्यान्सर रोग लाग्नबाट बचाउँछ । क्यान्सरबाहेक स्याउ खाँदा मुटु पनि स्वस्थ रहन्छ । स्याउले कोलेस्ट्रोल लेभल सन्तुलित राख्छ । जसले नसा गाँठो पर्न र हृदयघात हुन दिँदैन ।
नियमित स्याउ खाँदा शरीरमा कुनै पनि अंग सुन्निने समस्या आउँदैन । यसले शरीरमा डीएनएको लेभल सन्तुलन राख्छ । जसले रगतको क्यान्सर हुन दिँदैन । हरेक दिन स्याउ खाँदा रक्तसञ्चार नर्मल हुन्छ । रक्तचाप र मधुमेह जस्ता समस्याका लागि स्याउ खानुपर्छ ।
जसलाई भोक नलाग्ने समस्या छ उनीहरुले दिनदिनै स्याउ खानुपर्छ । साथै कलेजो सफा राख्नको लागि स्याउमा कालो नुन र कागतीको रस हालेर खानुपर्छ । पाठेघरको अपरेशन गरेकाहरुले हरेक दिन स्याउ खानुपर्छ । साथै, पाठेघर काटेर फाल्नेहरुले कमजोरी, रिगंटा लाग्ने समस्याहरुबाट बच्न स्याउ खानुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो
मुस्ताङमा फल्यो अहिलेसम्मकै धेरै स्याउ, किसानले भित्र्याए ९२ करोड
सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ
दशैंलाई कोसेली मुस्ताङी स्याउ