यसरी शुरु भएको थियो अहिलेको एक मात्र जीवित ‘कम्युन अभ्यास’

सफल खबर संवाददाता

विहीबार, ०१ फागुन २०७६, ०९ : ०६
यसरी शुरु भएको थियो अहिलेको एक मात्र जीवित ‘कम्युन अभ्यास’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  नेता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल तत्कालिन कम्युन अभ्यासका प्रवर्तक मध्यका एक हुन् । उनले आफ्नो सम्पत्ती हालेर अभ्यासको शुरुवात गरेका थिए । त्यो बेलामा अन्य ६ जनाले पनि आफ्नो केह िसम्पति हालेर  पुर्वी तराइृमा कम्युनअभ्यास थालिएको थियो । आधारशिलाको रुपमाअहिले यो महोत्तरीको बर्दिबासमा जेनतेन चलिरहेको छ । किन शुरु गरियो, यसको महत्व के छ, आजको अबस्थामा कस्तो छ ? यसैको सेरोफेरोमा रहेको हामीले उनीसँग कुरा गरेका छौँ । उनीसँग गरिएको कुराकानीको सार संक्षेप तल प्रसतुत छ :

म तत्कालिन समयमा पूर्वको एकता केन्द्र मसालको इन्चार्ज थिए । जनमोर्चा नेपाल बाहिर खुलेको थियो । क्रान्ति कसरी सम्पन्न गर्ने  जनयुद्धमा जाने की नजाने भन्ने थियो । ९०को दशकमा रुस विखण्डन भयो । त्यसपछि अन्तराष्ट्रिय रुपमा पनि बहस उठ्यो, समाज कसरी बनाउने भन्ने भएको थियो । 
खास गरी २०४६ सालको आन्दोलन पछि । सही खालको कम्युनिष्ट पार्टी बनाउनु पर्छ भनेर २०४८ सालमा एकता केन्द्रको महाधिवेशनमा एउटा प्रस्ताव प्रस्तुत गरेको थिएँ । जनयुद्धका पक्षधर भएपनि चीनको मोडलमा क्रान्ति सम्पन्न गर्दा टिक्दैन भन्ने थियो । 

२०५१ सालमा पार्टी फुट भयो । प्रचण्ड नेतृत्वमा नेकपा माओवादी बन्यो भने उकता केन्द्रमा नारायणकाजी श्रेष्ठ महासचिवमा हुनुहुन्थ्यो । २०५४ सालमा पार्टीको विशेष सम्मेलन भयो । नेपालमा क्रान्तिको कार्यदिशा के हो, पार्टीको निर्माणको कुरा के हो । समाजवादी आन्दोलन किन असफल भयो, प्रतिक्रान्तिको शिक्षा के हो भन्ने विषय उठे । तत्कालिन माओवादी र सत्तापक्षीय दलसँग मतभेद भयो । 

त्यो बेलामा पार्टीको पूर्णकालिन कार्यकर्ता बढे । लाईन क्लियर भयो क्रान्ति कसरी सम्पन्न गरिन्छ भन्ने कार्यदिशा तय भयो । माओवादीले आर्जन गरेको शक्तिलाई पनि नेपालको परिवर्तनको दिशामा सही ढंगले लानुपर्छ भन्ने थियो । त्यो बेला पार्टीका ३५ भन्दा बढी कार्यकर्ता मारिए । पूर्णकालिन संख्या बढेको छ । शहिदका बच्चा पनि छन् । काम कसरी गर्ने भन्ने प्रश्न उठ्यो । 
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको पराजयको कारणले आत्मगत पक्षलाई पनि ध्यान दिनुपछ भन्ने थियो । धार्मिक क्षेत्रमा सामुहिक काम गरिरहेका संस्था देखेको पढेको र भारतको आंग्रेज विरुद्धको आन्दोलनमा पनि एक खालको कम्युन भएर काम गरिएको थियो । माक्सवाद चाहं दक्षिणबाट आयो । तर हाम्रो पूर्वीय दर्शनको विषयलाई पक्रिएर सहित ढंगले अगाडी बढाएको थिएन । जस्तै बुद्धको कुरा गर्दा सामुहिक रुपमै शुरुदेखि नै आफुलाई अगाडी बढाउनुभएको छ । 

अब पार्टी मात्रै बनाएर पुग्दैन भिन्न ढङ्गबाट अगाडी बढाउनुपर्छ भनेर २०५९ सालमा १८ जना बालबालिकालाई जम्मा गरेर होस्टेलको मोडलमा सिराहाका गोलबजारमा खुलेको थियो ‘कम्युनि अभ्यास’ । एउटा प्रयोग गरेको थियो । त्यो बेला देउसी भैलो खेलेर दुई कट्ठा जग्गा जोड्यौँ । सहकारी मोडलले मात्रै पुग्दैन भनेर हामीले आधारशिला खडा गरेर काम थालेको हो । 
त्यसपछि शुरुमा केही परिवार जाने भनेर भनेर निर्णय भयो । सम्पत्ती पनि सर्वहाराकरण गरेर जानुपर्छ भनेर यो पार्टी कम्युनको रुपमा जाने भनेर निर्णय भयो । समाजवादी स्थापनाको क्रममा चाहिं जनकम्युन व्यापक हुन्छ । यो चाहिँ विचारधारात्मक कम्युन बनाएर हामीले ुरु गर्यौँ । २०६७ सालमा महोत्तरीको बर्दिबासमा आधारशिला खडा गरेर व्यवस्थित गराएका होँ । अहिले १५ परिवार पुगेका छौँ, ४८ जना हुनुहुन्छ । अहिले ति केटाकेटीहरुले मास्टर्स गरिसकेका छन् । 

पछि माओवादीसँग एकता गरेपछि पार्टी कम्यून र जनकम्युन जोडेर एक ढंगले लिएर जाने भनेर प्रयोस थियो । हरेक विषय नेताहरुबाट लानु पर्छ । अहिलेको परिभेष व्यक्तिवादी भावना विकास भएको छ । योखालको स्थितिमा सामुहिकद्धारा हल गर्ने यो प्रक्रियामा जानुपर्छ । तत्कालिन माओवादीको कम्युन हराउँदै गएको छ । 
अबको बाटो समाजवाद उन्मुख हो । संविधानले उल्लेख गरेको छ । समाजवाद भनेको सामुहिक उत्पादन र सामुहिक वितरण हो । हिजोको परिस्थिति भन्दा अहिले अनुकुलको परिस्थिति छ । प्रतिक्रातिको कारण खोज्ने हो भने संस्थागत जवाफ पनि दिनुपर्छ ।

जस्तो रुसमा आधारभूत रुपमा गाँसबास कपास शिक्षा स्वास्थ्य ग्यारेन्टी थियो तर किन ढल्यो ? उटा समस्या श्रमिकलाई निर्यण प्रक्रियामा सामेल गरिएन । कम्युनिष्टले शासक होइन सेवकको रुपमा काम गर्नुपर्दथ्यो तेस्रो आलोचनालाई पक्रन सक्नुपर्छ । त्यो हुन सकेन । माथिको नेताले त्यो काम गरेर देखाउन सक्नुपर्छ । अनि समाज आउँछ । 
सामुहिकता अनिवार्य पक्षसँग गासिनुपर्छ छ । उत्पादन, वितरण, विनियम , उपभोग र विसर्जनको सोचसहित लैजानु जरुरी छ । स्व रुपान्तरणको सवाल हो । त्यसरी हेर्दा पुर्वीले दर्शनमा बुद्धको शिक्षा योग र ध्यान छ । र विज्ञानको विकास सहित सामुहिक ढंगले लैजानु पर्छ । व्यवस्थापकीय रुपमा प्रभावकारी गराउनुपर्छ । 

सामुहिकता र वैयक्तिक स्वतन्त्रतालाई सुनिश्चत गर्न सकियो भने चल्न सक्छ । नयाँ चिजलाई थपेर जानुपर्छ । श्रमिक, शहर, बौद्धिक खाल जमातको अलगअलग प्रक्रिया हुन्छ । 
इो सिरहाको गोलबजारमा हुँदा चिया पसल खोल्यौँ, कम्प्युटर शिक्षा दिएका थियो । अहिले पनि जग्गा लिएर काम गरेका छौँ । सहकारी खोल्यौँ । एफएम खोल्यौं । मसला उद्योग चलायौँ । सीप सिक्नुपर्यो र उत्पादनसँग गाँसिनुपर्छ । हरेचाह पनि राम्रो हुनुपर्छ । 

अहिले हाम्रो आधारशिला निर्माणमा पार्टीलाई आग्रह गरिरहेका छौँ । पार्टीलाई सबैलाई आग्रह गरेका छन् । व्यक्ति स्वयं यो अभियानमा जान्छु भनेर आउनुपर्छ । एकपटक आएकाहरु पनि फर्किएका छन् । अब फेरि छलफल गर्नैछौँ । यही नआई अर्काे त्यस्तै बनाउनुस् हामी सहयोग गछौँ । अन्य ठाउँमा  अभ्यासहरु चलिरहेका पनि कमजोर भएर गएका छन् । महाधिवेशन हुने समयसम्ममा नेकपाले केही विकल्प दिन्छ भन्ने आशा छ । 

प्रतिक्रिया दिनुहोस