राष्ट्रपति भण्डारीबाट पुनःनिर्माण भइरहेको धरहराको अवलोकन

सफल खबर संवाददाता

शनिबार, २५ माघ २०७६, १३ : १३
राष्ट्रपति भण्डारीबाट पुनःनिर्माण भइरहेको धरहराको अवलोकन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्ययोजनामा  काठमाडौँको सुन्धारास्थित पुनःनिर्माण भइरहेको धरहराको अवलोकन गरेकी छन् । 

विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि चिनियाँ सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबारको पनि उनले अवलोकन गरेकी छन् ।

अवलोकनपछि देशको समग्र पुनःनिर्माण आयोजनाको गतिविधिबारे शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दिएका थिए । 

 

प्रतिक्रिया दिनुहोस