काठमाडौं । स्वस्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पिउन आवश्यक छ । चिसो मौसममा हल्का मनतातो पानी नै पिउनु फाइदाजनक हुने विशेषज्ञहरु बताउँछन् । पानी स्वास्थ्यको लागि निकै महत्वपूर्ण पदार्थ हो । यसले शरीरमा थुप्रै फाइदा पुर्याउँछ ।
विशेषगरी, तातोपानी राति सुत्नुअघि पिउँदा निकै फाइदा पुग्ने विशेषज्ञहरु बताउँछन् । रातमा पाचन प्रक्रिया निकै तीव्र गतिमा हुने भएकाले सजिल्यै खाना पचाउनको लागि रातिमा तातोपानी पिउन आवश्यक हुन्छ । यदि हरेक दिन सुत्नुअघि १ गिलास तातोपानी पिउँदा खानालाई पचाउने, शरीरमा फ्याट जम्मा हुन नदिने र तौल घट्न मद्दत गर्छ ।
यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । तातोपानीले शरीरको तापक्रम बढाउँछ । र पसिना निकाल्ने गर्छ । जसले गर्दा रक्तसञ्चार राम्रोसँग हुने र शरीरको विषाक्त पदार्थ फाल्ने काम गर्छ ।
तातोपानीले डिप्रेशन र तनाव पनि कम गर्ने भएकाले रातिमा सुत्नुअघि पिउँदा राम्रोसँग निन्द्रा लाग्ने र फ्रेस बनाउँन पनि मद्दत गर्छ । त्यतिमात्र होइन तातोपानीले हामीले खाएको खानेकुरामध्ये नचाहिने खानेकुरालाई घोल्ने काम गर्छ जसले गर्दा पाचन प्रक्रिया सही ढंगले सञ्चालन हुन पाउँछ । र साथसाथै कब्जियत, ग्यास्ट्रीक जस्ता समस्याहरु कम हुँदै जान्छ ।
त्यसैगरी, तातोपानीले रगतलाई शुद्ध बनाउन गर्छ । जसले प्राकृतिक रुपमा नै रगत पातलो बनाउने हुँदा कोलेस्ट्रोलमा पनि तातोपानी फाइदाजनक हुनछ । रगतलाई राम्रोसँग घुलाउने भएकाले धमनीहरुमा रगत जम्न नपाउने हुँदा हृदयघातको सम्भावना पनि कम हुन्छ ।
त्यतिमात्र होइन तातोपानीले थकान कम गराउने, छालामा चमक ल्याउने, उमेर कम देखाउने र कपालको लागि पनि फाइदा गर्छ । राति सुत्नुअघि तातोपानी एक गिलास पिउने गर्दा दिनभरीको थकान कम गर्ने र शरीरका विभिन्न भाग दुखेमा पनि फाइदाजनक हुने हुन्छ । यसैगरी, राति तातोपानी पिउँदा एक्नि कम गर्ने, मुसा आउने समस्या कम गर्ने, डन्डिफोर आउन रोक्ने र छाला चम्किलो बनाउने गर्छ । छाला मात्र होइन तातोपानीले कपाल बढ्न पनि मद्दत गर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ माघ २०७६, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनकोशीको पानी पाँचखालमा, ६ हजार परिवारको घरघरमा धारा जोडिँदै
शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली
बागमती नदीमा छाडियो मेलम्चीको पानी
एक बोतल पानी सय रुपियाँमा बेच्दा….
जारको पानीमा ४७ र बोतलको पानीमा १६ रुपैयाँभन्दा बढी लिन नपाइने
पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव