निर्वाचनमा सबैले भाग लिन पाउनुपर्छ : राष्ट्रपति रौहानी

रासस

आइतबार, १९ माघ २०७६, २१ : १७
निर्वाचनमा सबैले भाग लिन पाउनुपर्छ : राष्ट्रपति रौहानी

फाईल फोटो

काठमाडौँ । इरानी नागरिकलाई विभिन्न राजनीतिक आन्दोलनको बीचबाट आफ्ना प्रतिनिधि छनोट गर्ने अधिकार हुनुपर्ने राष्ट्रपति हसन रौहानीले आइतबार बताउनुभएको छ । इरानी निर्वाचनको प्रतिस्पर्धामा आउने अनुमान गरिएका हजारौँ उम्मेदवारको अयोग्यतालाई लिएर विवाद बढेका समय राष्ट्रपतिको यो भनाइ आएको हो । 

सन् १९७९ को इस्लामिक क्रान्तिको वार्षिक उत्सवको क्रममा अयातुल्लाह रुहल्लाह खोमेनीको समाधिस्थलमा बोल्दै मध्यमपन्थी रुहानीले इस्लामिक गणतन्त्रका संस्थापकको राजनीतिक संस्कारको प्रशंसा गर्नुभयो । जनताले सबै चुनावमा भाग लिनु पाउनुपर्ने र स्वतन्त्र तथा पारदर्शी निर्वाचनबाट छनोट हुने प्रतिनिधिले राष्ट्र र जनताप्रति जिम्मेवार हुने विश्वास इमाम (खोमेनी) को रहेको स्मरण रौहानीले गर्नुभयो ।

इरानको सरकारी टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले भन्नुभयो, “जसले जनतालाई आफ्ना प्रतिनिधि छान्न रोक लगाउँछ उसले जनतालाई भिन्न राजनीतिक दृष्टिकोणबाट टाढा राख्न चाहन्छ भन्ने इमामको विचारविरूद्ध निर्वाचनमा उम्मेदवार बन्न चाहेका हजारौँ आकाङ्क्षीलाई अयोग्य पुष्टि गर्न खोजिएको छ । यो न्यायपूर्ण कदम होइन र निर्वाचनको अर्थ पनि यस्तो हुनसक्दैन ।” 

इरानमा निर्वाचनसम्बन्धी विवाद विगत पन्ध्र दिनदेखि कडारूपमा सतहमा आइरहेको छ । इरानको चुनावको निरीक्षण गर्ने जिम्मेवारी अतिवादी–अनुदारवादीहरुको प्रभुत्वमा रहेको अभिभावक परिषद्ले रौहानी निकट धेरै उम्मेदवारलाई अयोग्य घोषणा गरेपछि विवाद चर्किएको हो । 

काउन्सिलले फेब्रुअरी २१ को विधान सभाको चुनावका लागि आकाक्षी रहेका करीव नौ हजार ५०० सम्भावित उम्मेद्वारहरुलाई प्रतिबन्धित गर्न प्रतिबन्ध लगाएको छ । यो निर्वाचनमा सहभागी हुन चाहने १४ हजार ५०० उम्मेदवारमध्ये दुई तिहाइ सङ्ख्या हो । परिषद्ले सबै राजनीतिक समूहका गरी वहादवाला ९२ सांसदलाईसमेत अयोग्य सिशफारिस गरेको छ । तर उनीहरूलाई चुनावभन्दा पहिले अपील गर्ने अनुमति छ ।

इरानको गणतन्त्रवादका पिता भानिने खोमेनीलाई श्रद्धाञ्जलि दिँदै राष्ट्रपति रौहानीले भने कि खोमेनीले ‘खलीफा’ स्थापना गर्न ‘इन्कार’ गरेका तर शाहको शासनको बिरूद्ध क्रान्तिको विजय पछि ‘इस्लामी गणतन्त्र’ लाई रोजेको दावी पनि गर्नुभयो ।

शाहको अमेरिका समर्थित सरकारलाई सन् १९७९को फ्रेब्रुअरी ११ मा खोमेनी निर्वासनबाट फिर्ता भएको १० दिन पछि परास्त गरेको थियो र इस्लामिक गणतन्त्रको स्थापनाको घोषणा गरिएको थियो । राष्ट्रपतिले रौहानीले ‘मतदान’ मात्र ‘औपचारिकता‘ भयो भने इस्लामिक गणतन्त्रलाई पनि खतरा हुनसक्ने चेतावनी दिनुभयो । 

जनवरीको मध्यदेखि राष्ट्रपतिले बारम्बार मतदाताहरुलाई परिचालन गर्ने प्रयास गरिसकेको देखिन्छ । धेरै विश्लेषकहरूले राष्ट्रपतिको मध्यम र सुधारवादीको गठबन्धनले निर्वाचनमा अघि आउने अनुमान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस