काठमाडौं । चीनबाट विश्वव्यापी भएको निमोनिया उत्पन्न गराउने नोवल कोरोना भाइरस मानिसको शरीरमा प्रवेश गरेको २ देखि १० दिनभित्र लक्षण देखिन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मुख्यालयका अनुसार यो भाइरसको ‘इन्क्युवेसन पिरियड’ २ देखि १० दिनसम्म हुन सक्छ । यो भाइरसबारे अझ बढी तथ्यांक र संक्रमित व्यक्तिहरूको विस्तृत इपिडिमियोलजिकल जानकारी उपलब्ध भएपछि मात्रै लक्षण देखिने समयबारे परिष्कृत अनुमान गरिनेछ । कान्तिपुर दैनिका खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १६ माघ २०७६, ०७ : ५५
लेखकबाट थप