हुम्ला । जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो ।
हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण मृत्यु भएको हुन सक्ने सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले फोनमार्फत जानकारी दिनुभयो । करीब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिनुभयो ।
हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत् सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ । त्यस्तै बैंक कारोवार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक हुम्लाका प्रबन्धक सविता शाहीले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १५ माघ २०७६, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाक्लो हिमपात
मनाङमा पहिलो हिमपात
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा
हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित