काठमाडौं । बलात्कारपछि हत्या भएकी सुदुरपश्चिम कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तलाई पर्दामा देखेर दर्शक रोएको छन् । हेटौंडाको एनएस चलचित्र घरमा आयोजित निर्मला पन्तको बिषयमा बनेको फिल्म ‘कोपिला’ हेर्दा दर्शक रोएका हुन् ।
पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तुमा निर्माण भएको फिल्मको शोमा उनकी आमा दुर्गादेवी पन्त पनि सहभागी थिइन् । उनका आँखामात्र होइन शोमा सहभागी अधिकाम्स दर्शकका आँखा फिल्म हेर्दा रसाएका थिए । कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थी, चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्य र निर्माण युनिटका अलवा रंगपत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
मकवानपुर जागरण अभियानले आयोजना गरेको शोमा निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई पचास हजार नगद समेत चलचित्र युनिटले सहयोग प्रदान गरेको थियो । पन्तलाई चलचित्रका निर्देशक शिबम् अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुबासराज काफ्ले र जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले उक्त रकम प्रदान गरे ।
चलचित्रमा निर्मलाको भूमिका संजिवनी खरेलले निर्वाह गरेकी छन् । यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी खरेलको अभिनयको धेरैले तारिफ गरे । आमाको भुमिकामा रहेकी सरिता गिरिको अभिनयले समेत कार्यक्रममा चर्चा पायो ।
कार्यक्रममा निर्मलाकी आमा दुर्गादेबीले चलचित्रबाट समाजमा शिक्षा मिल्नेबताइन् । उनले भनिन् ‘आफ्नो छोरी जस्तो अरु छोरीहरुले बलात्कृत हुनबाट यो चलचित्रले सजक गराउछ ।’ शिवम् अधिकारीको निर्देशनमा बनेको चलचित्रको निर्माता मणिराज गौतम हुन् । चलचित्रमा गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्य लगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १२ माघ २०७६, ०८ : १३
लेखकबाट थप