सकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ । पशुसेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खासीबोका भित्रिएको छैन । काठमाडौंलगायतमा सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ ।
यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए । काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ । चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष जनक खड्का आफूकहाँ भारतीय खसीबोका नआएको बताउँछन् । ‘ दसैदेखि वैधानिक रुपमा एउटा पनि खसीबोका काठमाडौं आइपुगेको छैन । चोरबाटोबाट फाट्टफुट्ट नआएका भने होइनन्’, उनी भन्छन्,‘ यसमा सरकार जिम्मेवार हुनुपर्छ । भारतबाट आउने खसीबोकामा कडाइ हुँदा चोरी भएर आउने गर्छन् ।’
विभागले २०७५ फागुन २६ गतेदेखि क्यारेन्टाइन ऐन कडाइका साथ कार्यान्वयनमा ल्याएको हो । खसीबोका नेपाल भित्र्याउने सम्बनिन्धत देशले नै स्वास्थ भएको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ । क्यारेन्टाइनमा गुणस्तर प्रमाणपत्रसमेत प्राप्त गर्नुपर्छ । अन्नपूर्ण पोस्ट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ११ माघ २०७६, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने