भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा आज बिहान सालनालसहितको शिशु मृत फेला परेको छ ।
बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीयले खबर गरेलगत्तै इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीले शिशुको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो । उहाँले स्थानीयको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ माघ २०७६, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
कैलालीमा युवकको शव फेला
हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला