- रामचन्द्र न्यौपाने
डोल्पा । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिनुभयो ।
‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उहाँले बताउनुभयो । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ ।
हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ माघ २०७६, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाक्लो हिमपात
मनाङमा पहिलो हिमपात
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा
हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित