काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा लामो छलफल भयो। छलफलपछि तीन शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा चालू संसद्को अधिवेशनबाट विधेयक ल्याएर शान्ति प्रक्रियाबाट बाँकी काम टुङ्ग्याउने सहमति भएको नेकपा एक नेताले बताए ।
संसद्को अधिवेशनबाट आयोगसम्बन्धी कानून ल्याउने सहमति भएको ती नेताको भनाइ छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल सकारात्मक भएकाले शनिबार पुनःआयोगका सम्बन्धमा छलफल हुने बताए ।
छलफलमा नेकपाका नेता नेम्बाङ, खिमलाल देवकोटा, कांग्रेस नेता डा मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी रहेका थिए ।
गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएको छ ।
बालवाटारमा ऐन संशोधनमा सकारात्मक छलफल भए पनि आयोगका पदाधिकारी चयनका विषयमा भने सहमति जुटन् बाँकी रहेको सहभागी नेताले बताएका छन् ।
करिब एक वर्षदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगहरु पदाधिकारीविहीन छन् । आयोग गठनमा दलहरुवीच भागवण्डा मिल्न सकेको छैन । सत्य निरुपणसम्बन्धी कानूनसमेत विवादित छ । विवादकै कारण अहिलेसम्म पीडितहरुको चित्त बुझ्ने गरी कानून संशोधन हुन सकेको छैन ।
सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन संशोधन गर्दा पीडितको सुझाव अपरिहार्य छ भन्ने अन्तरराष्ट्रिय समुदायले चासो राख्दै आएका छन् । द्वन्द्वपीडितका विभिन्न संघसंस्थाले आफूहरुसँग सल्लाह नै नगरी ऐन बनाउन लागिएको भन्दै सरकारको आलोचना गर्दै आइरहेका छन् । अर्कोतर्फ, सर्वोच्च अदालतले पनि ऐन संशोधनका लागि बेग्लै निर्देशन दिएको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
बालुवाटारमा मध्यरात बसेको सुरक्षा संन्यत्रको बैठकमा के भयो ?
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल