काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सभामुख र उपसभामुख विषयमा पार्टीले हार्दिकतापूर्वक निर्णय गर्र्ने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकताको आजको प्रथम बैठक तथा शपथ ग्रहण समारोहमा उहाँले सभामुख र उपसभामुखको विषयमा बाहिर देखिएको जस्तो नेकपामा अन्तरविरोध नभएको प्रष्ट पार्नुभयो ।
“सभामुख र उपसभामुखको विषयलाई लिएर नेकपामा ठूलो अन्तरविरोध चर्काएर प्वालबाट छिर्ने प्रयास भइरहेको छ”, महासचिव पौडेलले भन्नुभयो, “सभामुख र उपसभामुख चयनका विषयमा हामी छिट्टै हार्दिकतापूर्वक निर्णय गरेर टुङ्ग्याउँछाँै ।”
पार्टी एकता भएपछि दुई पार्टीबीचमा एकता भत्काउन सकिन्छ कि भनेर रङ्गीबिरङ्गी आशङ्का गर्ने गरिएको बताउँदै उहाँले पार्टीलाई अझ दरिलो र बलियो बनाएर लैजाने विषयमा पार्टीले अभ्यास गरिरहेको स्पष्ट गर्नुभयो । महासचिव पौडेलले सरकारलाई कुनै पनि रचनात्मक कामका लागि सल्लाहसुझाव दिए पुग्ने उल्लेख गर्दै भन्नुभयो, “विद्यार्थी सङ्गठनले पहिला जस्तो सरकारका विरुद्ध सडक आन्दोलन गर्नुपर्ने अवस्था छैन, रचनात्मक सुझाव सरकारलाई दिँदा हुन्छ ।”
शैक्षिक सुधारका लागि विद्यार्थी सङ्गठनको महत्वपूर्ण भूमिका छ भन्दै उहाँले एकीकृत विद्यार्थी सङ्गठनले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सबै क्याम्पसमा जित्ने गरी लाग्नका लागि अनेरास्ववियुलाई निर्देशन दिनुभयो । महासचिव पौडेलले विद्यार्थीको एकता प्रक्रियामा अलि ढिलाइ भए पनि राम्रो समिति आएको बताउनुभयो । अनेरास्ववियुका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहित ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ । महासचिव पौडेलले सो केन्द्रीय कमिटीलाई पद तथा गोपनीयताको शपथसमेत गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ पुस २०७६, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ढाल्ने शक्ति नभएकाले ढल्छ भन्दै हिँड्ने हो : उपप्रधानमन्त्री पौडेल
अध्यादेश संसदलाई छल्न ल्याइएको होइन : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछ : अर्थमन्त्री पौडेल
मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ : अर्थमन्त्री पौडेल
विद्युतको बिल प्राधिकरणले दिनुपर्छ, बक्यौता असुल गरेरै छाड्छौँ : अर्थमन्त्री पौडेल