यूएई । अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (आइरेना) को १० औं वार्षिक सम्मेलन संयुक्त अरब इमेरेट्को अबुधावीमा शनिबार सुरु भएको छ ।
विश्वका १ सय १० भन्दा बढी मुलुकका उर्जामन्त्रीहरुको सहभागिता रहेको सम्मेलनमा नेपालबाट उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन नेतृत्वको पाँच सदस्यीय टोली सहभागी छ । यस्तै प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भूमि त्रिपाठी पनि सहभागी हुनुहुन्छ । सम्मेलनको उदघाटनशत्रपछि आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री पुनले नेपाल नवीकरणीय उर्जाको श्रोतमा धनी रहेको बताउनुभयो ।
मन्त्री पुनले जलवायु परिवर्तनको असरका कारण जलविद्युत क्षेत्रमा नयाँ चुनौती खडा भएको चर्चा गर्दै दिर्घकालिन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यानकर्षण गराउनुभयो । आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न सकिने सम्भवना रहेको उहाँले औंल्याउनुभयो । हाल १३ सय २६ मेगावाट राष्ट्रिय ग्रिडमा रहेको र २५ सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु र ६ सय मेगावाट सौर्य उर्जा निर्माण क्रममा रहेको जानकारी दिनुभयो ।
यस्तै १८ हजार मेगावाटभन्दा बढी अध्ययनका क्रममा रहेको उहाँको भनाइ थियो । ८८ प्रतिशत जनताको विद्युतमा पहुँच पुगेको छ र त्यसमध्ये करिब १० प्रतिशत योगदान नवीकरणीय उर्जा (साना जलविद्युत आयोजना, सोलार) बाट भएको उल्लेख गर्नुभयो । उहाँले नवीकरणीय उर्जाको क्षेत्रमा इरिनाको अर्थपूर्ण सहयोगको अपेक्षा गर्दै थप लगानी , शुलभ र पहुँचयोग्य प्रविधिमा विशेष ध्यान दिन इरिनालाई विशेष आग्रह गर्नुभयो । सम्मेलन प्रभावकारी र नतिजाउन्मुख योजना बनाउन तथा बजेट तय गर्न प्रभाव सक्षम हुने विश्वास व्यक्त गर्दै मन्त्री पुनले सम्मेलन पूर्ण सफलताको कामना गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०७६, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'भ्युटावर'वाला विकास मोडलमा गम्भीर त्रुटि छ : वर्षमान पुन
ओलीलाई वर्षमानको प्रश्न- भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन
माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छ : वर्षमान पुन
वर्तमान व्यवस्थाको हकदार माओवादी हो: उपमहासचिव वर्षमान पुन
ओलीबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ : वर्षमान पुन