अन्ततः नाम बाग्मती, राजधानी हेटौँडा कायम गर्ने निर्णय

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०७६, १४ : २१
अन्ततः नाम बाग्मती, राजधानी हेटौँडा कायम गर्ने निर्णय

हेटौँडा । नेकपाको नेतृत्व तहले प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौँडाबाट तलमाथि नहोस् भनेर कडा निर्देशन दिएपछि नेकपाको प्रदेश संसदीय दलले पनि यही निर्णयलाई स्वीकार गरेको छ । 

हेटौंडामा शुक्रवार बसेको संसदीय दलको बैठकमा  प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय पारित भएको घोषणा गरेका हुन् । दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले नाम र राजधानी घोषणा गरेको हो । 

प्रदेशको नाम र राजधानी तोक्न प्रदेश सभाको दुईतिहाइ बहुमत चाहिन्छ । प्रमुख सत्तारुढ दल नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत छ ।

५ दिनसम्म चलेको संसदीय दलको बैठकमा अधिकांश सांसदले पार्टी सचिवालयको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस