काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भएको भन्दै व्यङ्ग्य गरेका छन् ।
बैठकको भद्रगोल र भिडभाडलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।
साथै उनले ब्यानर, मञ्च र बैठक कक्षभित्र कतै पनि अध्यक्ष प्रचण्डको तस्बिर नदेखिएको भन्दै योचाहिँ रूपान्तरणको सानो उदाहरण हुन सक्ने बताएका छन् ।
‘आजका दुई अनुभूति ! केन्द्रीय समितिको बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’, उनले भनेका छन्, ‘ब्यानर, मञ्च र बैठक कक्षभित्र कतै पनि अध्यक्षको तस्बिर देखिएन । तस्बिर नराख्ने केन्द्रीय कार्यालयको व्यवस्थापन टिमको आफ्नै विवेक र आँट पक्कै होइन, जहाँबाट आएपनि यो रूपान्तरणको सानो उदाहरण हुन सक्छ ।’
आइतबारदेखि राजधानीमा सुरु केन्द्रीय समिति बैठक सोमबार पनि जारी रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, ०८ : ३९
लेखकबाट थप