स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३१४ परियोजना छनोट

पत्रपत्रिकाबाट

सोमबार, २२ पुस २०८१, ०८ : ०४
स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३१४ परियोजना छनोट

काठमाडौ । स्टार्टअप उद्यम कर्जाका लागि एक हजारभन्दा बढी परियोजना छनोट भएका छन् ।

सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार कर्जा प्रदान गर्नका लागि एक हजार ३१४ परियोजना छनोट गरेको हो । 

उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्राप्त भएका पाँच हजार १५८ परियोजनाको प्रस्तावमध्ये प्रारम्भिक सूचीमा परेका परियोजनाको विवरण सार्वजनिक गरेको छ ।

समितिले छनोटमा परेको परियोजनालाई आगामी आइतबारदेखि व्यावसायिक योजना माग गरेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस