मिक्लाजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् ।
गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे ।”
गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।
पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दबाव दिइरहेको बताएकी छिन् । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छाउगोठमा बसेकी १६ वर्षिया किशोरी बलात्कृत, एक जना पक्राउ
६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत
बझाङमा एक किशोरी बलात्कृत
१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ