पशुपति विस्कुट उद्योगमा भीषण आगलागी

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, २२ : १५
पशुपति विस्कुट उद्योगमा भीषण आगलागी

काठमाडौँ । सुनसरी दुहबीस्थित चौधरी गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ। मंगलबार राति ८ बजे यता आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेपनि नियन्त्रणभन्दा बाहिर नै रहेको छ । आगलागीस्थलमा प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न नगरपालिकाबाट आएका एक दर्जन दमकलको सहायतामा आगो निभाउने प्रयास जारी छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस