लायन्स क्लबद्धारा भरतपुर अस्पताललाई २५ लाखको उपकरण हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, १९ : ११
लायन्स क्लबद्धारा भरतपुर अस्पताललाई २५ लाखको उपकरण हस्तान्तरण

सूर्यप्रसाद अधिकारी 

चितवन । लायन्स क्लब अन्र्तराष्ट्रिय र लायन्सक्लब अफ् बागेश्वरीको पहलमा केन्द्रीय अस्पतालको रुपमा परिचित भरतपुर अस्पताललाई २५ लाख रुपैयांँ बराबरको अत्याधुनिक मेशीन उपकरण हस्तान्तरण गरेको छ । आज अस्पतालमा आयोजित एक कार्यक्रमका बीच भरतपुर महानगरका प्रमुख रेनु दाहाल र लायन्स क्लब अन्तरराष्ट्रिय ३२५ बी २ का भाइस गभर्नर रामप्रसाद्र भट्ट ले अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीलाई हस्तान्तरण गरेका हुन ।

हस्तान्तरणपछि बोल्दै कार्यक्रमको प्रमुख अतिथि रेनु दाहालले चितवन लगायत अन्य जिल्लाका विरामीको लागि स्वास्थ्य सेवाको पहुंँच पुरयाउन महानगरले प्रयास गरिरहेको बताउनु भयो  । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार सुधार र जनशक्ति थप्न समेत महानगरले पहल गरिरहेको उहांँको भनाई छ । ‘केन्द्रीय अस्पतालको हैसियत प्राप्त गरेपनि अपेक्षित सुधार गर्न सकिएको छैन, उहांँले भन्नुभयो , यसको सुधार र व्यवस्थापनको लागि महानगर प्रतिबद्ध छ ।’ केन्द्रीय अस्पतालको रुपमा यस अस्पतालले सेवा दिदै आएपनि स्पष्ट निर्देशन नहुंँदा अन्यौलता भएको उहांँले बताउनु भयो  । आगामी दिनमा सेवालाई विशिष्टीकृत सेवा दिदै स्मार्ट शौचालय र व्यायम कक्ष सञ्चालनको लागि महानगरले योजना बनाएको दाहालले बताउनु भयो  । 

सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर तिवारीले अस्पतालमा सबै प्रकारका विरामीको चाप उत्तिकै रहेपनि एनआइसीयुका कमतौल भएका शिशुका लागि यी उपकरणहरु अत्याधुनिक र प्रभावकारी हुने बताउनु भयो  । प्रत्येक बर्ष १५ हजार भन्दा बढी अस्पतालमा जन्मने गरेको भन्दै उहांँले थप एनआइसियु बेड , उपकरण र दक्ष जनशक्तिको आबश्यक रहेको बताउनु भयो  । 

क्लबका ३२५ बीटुका भाइस गभर्नर भट्टले विगत ३ बर्ष अघिपनि भरतपुर अस्पताललाई उपकरण हस्तान्तरण गरिएको भन्दै यसपटक अस्पतालको आबश्यकता अनुसार इटालीबाट उपकरण मगाएर अस्पताललाई हस्तान्तरण गरेको बताउनु भयो  । आगामी दिनमा पनि असपताललाई अन्य मेशीन तथा उपकरण दिने उनले प्रतिबद्धता व्यक्त गर्नुभयो  । सो अबसरमा बोल्दै बालरोग विभागका प्रमुख डाक्टर आमोद बहादुर थापाले केन्द्रीय अस्पताल भएको १ बषृ हुन लाग्दा समेत पिआइसीयु सेवा नभएको गुनासो गरे । अस्पतालमा बिशिष्टीकृत सेवा दिन अन्य उपकरण पूर्वाधार अपुग रहेको उहांँले बताउनु भयो  । 

प्रतिक्रिया दिनुहोस