सिड्नीमा पर्यटन मन्त्री योगेशले गर्न खोजेको र्‍यालीमा रोक

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, ११ : ५५
सिड्नीमा पर्यटन मन्त्री योगेशले गर्न खोजेको र्‍यालीमा रोक

काठमाडौं । नेपाल भ्रमण वर्षको प्रर्बद्धनका लागि अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री योगेश भट्टराईको कार्यक्रममा अष्टेलिया प्रहरीले रोक लगाई दिएको छ ।

पर्यटन मन्त्री योगेशकै उपस्थितीमा त्यहाँ भ्रमण वर्षको प्रर्बद्धनका लागि आज मंगलबार र्‍याली निकाल्ने तयारी थियो । तर अष्ट्रेलियाको प्रहरीले र्‍याली निकाल्न रोक लगाईदिएको त्यहाँको समाचार संस्था साउथइसिया डट कमले जनाएको छ ।

अष्ट्रेलियाको जंगलमा भईरहेको भीषण आगलागी र त्यसबाट हजारौं पशुको मृत्युका विषयले अष्ट्रेलिया आक्रान्त बनिरहेका बेला पर्यटनमन्त्रीको भ्रमण भएको हो । मन्त्रीको भ्रमण कार्यतालिका छनौट नै उपयुक्त नभएको चर्चा चलिरहेको बेला उनको उपस्थितीमै हुन लागेको र्‍याली रोकिएको हो ।

भट्टराईको अष्ट्रेलिया भ्रमण र उनको उपस्थितीमा हुन लागेको र्‍याली रोकिएपछि नेपालको अन्तर्राष्ट्रिय स्तरमा वेइज्जती भएको टिप्पणी सामाजिक सन्जालमा शुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस