रोट्रयाक्ट क्लब अफ भरतपुरको अध्यक्षमा दिपक कँडेल चयन

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०७६, २० : ३७
रोट्रयाक्ट क्लब अफ भरतपुरको अध्यक्षमा दिपक कँडेल चयन

चितवन । रोट्रयाक्ट क्लब अफ भरतपुरको नयाँ नेतृत्व चयन भएको छ । गत पुस २० गते भएको भएको क्लबको दोश्रो एसेम्बलीले सन् २०२०÷२१ का लागि रोट्रयाक्टर दिपक कँडेलेको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ ।

कँडेल अध्यक्ष भएसंगै अर्का निर्वाचित अध्यक्ष गोविन्द पराजुली चुनिएका छन । उपाध्यक्षमा स्वरुप तिवारी, सचिवमा सदिक्षा थापा, कोषाध्यक्षमा अस्विन गौतम चुनिएका छन् । कार्य समितिमा ४ जना डाईरेक्टर, ३ जना अफिसर गरि १३ जनाको बोर्ड गठन गरिएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका रोटेरियन ईन्जिनियर सुरेश सेन,  रोटरियन डा. रेबन्त कुमार भट्टराई लगायत पूर्व अध्यक्षहरुको सहभागीता रहेको थियो । कार्यक्रम  रोटयाक्टर डा. दिपेश केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस