भरतपुरको चौविसकोठीमा भेटिएको बेवारीसे हात कस्को ? अहिलेसम्म पत्ता लागेन

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, १७ : ३४
भरतपुरको चौविसकोठीमा भेटिएको बेवारीसे हात कस्को ? अहिलेसम्म पत्ता लागेन

चितवन । भरतपुरको चौविसकोठीमा काटेर फालिएको अवस्थामा भेटिएको मानव हातको बारेमा अझैसम्म बास्तविकता पत्ता लाग्न सकेको छैन । बेवारीसे अवस्थामा भेटिएको उक्त मानव हातबारे बास्तविकता पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

चौविसकोठी नजिकै कम्पाउण्ड गरिएको खाली जमिनमा पौष १४ गते काटिएको हात फेला परेको थियो । प्रहरीको टोलीले मुचुल्का उठाइ उक्त हात तत्कालै भरतपुर अस्पतालमा परीक्षणका लागि लगिएको थियो । 

हात कहाँबाट कसरी त्यहाँ आयो ? कस्को हो ? भन्ने विषयमा अहिलेसम्म केही नखुलेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए । उनका अनुसार अहिलेसम्म कसैले खोज्न, बुझ्न पनि आएका छैनन । 

उक्त मानव हात परीक्षणका लागि अस्पतालमा लगिए पनि स्पष्ट कारण खुल्न नसकेको जनाइएको छ । अस्पतालमा परीक्षण गर्नुका साथै थप अनुसन्धान भने जारी रहेको डिएसपी कोइरालाले बताए । उनले भने ‘कुनै अपराधिक क्रियाकलाप पनि भएको हुनसक्छ, कुनै अस्पतालमा अप्रेसनका क्रममा काटेको हात कुकुर लगायत जंगली जनावरले त्यहाँ ल्याएको पनि हुनसक्छ, हामिले अनुसन्धान जारी राखेका छौँ ।’

पुष्पाञ्जली हस्पिटल नजिकैको खाली जग्गामा फालिएको उक्त हात २ जना बालकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको जस्तो देखिने उक्त हात सडेको अवस्थामा फेला परेको थियो । 
 

प्रतिक्रिया दिनुहोस