भरतपुर महानगरले ३ ठाउँमा खुल्ला व्यामशाला निर्माण गर्ने

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०७६, १८ : ३४
भरतपुर महानगरले ३ ठाउँमा खुल्ला व्यामशाला निर्माण गर्ने

चितवन । लायन्स क्लव अफ बागेश्वरी चितवनले उद्योग वाणिज्य संघ चितवनमा खुल्ला जिम केन्द्रको स्थापना गरेको छ । क्लवमा आवद्ध सदस्यहरुको लगानीमा २० लाख जतिको लागतमा फिटनेस सेन्टरको निर्माण गरेको हो । यस अघि बाल उद्यान रहेको सो स्थानमा त्यहा कुनै हानि नहुने गरी खुल्ला रुपमा फिटनेस सेन्टरको बिकास गरिएको लायन्स क्लव अफ बागेश्वरीका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनु भयो ।  

फिटनेस सेन्टरको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो उहाँले महानगरले गर्नुपर्ने काम संघ संस्थाले गरेर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नु भयो । 

उहाँले अब भरतपुर महानगरले पनि महानगरको तीन ठाउँमा खुल्ला जिम शालाको विकास गर्ने तयारी गरेको र चालु आर्थिक वर्ष भित्रै काम समपन्न गर्ने गरी स्थानको खोजीमा आफूहरु लागेको बताउनु भयो ।

उहाँले आगामी दिनमा पनि महानगर यस्ता दाता तथा संघ संस्थासँग सहकार्य गरी अगाडि बढ्ने र महानगरको विकासका लागि आफू र आफ्नो टिम अहोरात्र खटिएको बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, लायन्स क्लव ३२५ बि २ नेपालका गभर्नर अनुप कुमार पहारी, द्धित्तीय भाईस डिस्टिक गभर्नर रामप्रसाद भट्ट लगायतले यो फिटनेस सेन्टरको सही प्रयोग गरी सबैले लाभ लिन सक्ने बताउनु भएको थियो ।

यहा फिटनेसका १७ वटा उपकरण जडान भएका छन् । जहा निःशुुल्क रुपमा सबैले व्याम गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस