चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल

शनिबार, १९ पुस २०७६, १६ : ३५
चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल

चितवन । चितवन उद्योग संघको आज भएको २८ औं वार्षिक साधारण सभा एवम् १५ औं अधिवेसनले राजु पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । 

उद्योग संघको उपाध्यक्षमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युगराज वस्ती निर्वाचित भएका छन् । 

यसैगरी सदस्यहरुमा प्रतीभा श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, टंकप्रसाद उप्रेती, भोजराज खनाल, अम्बरबहादुर अधिकारी, मदन चिरञ्जीवी पोखरेल, विष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपालप्रसाद गैरे, डा प्रमोद लामिछाने, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, टीकादत्त अधिकारी, दण्डपाणी भट्ट, महेन्द्रबहादुर बानियाँ, पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, सुधासुवेदी पौडेल र अमर घिमिरे रहेका छन् । 

अध्यक्षमा निर्वाचित भएका पौडेलले संघलाई थप उचाइमा लैजाने बताउनुभयो । उहाँले चितवन प्रदर्शनी केन्द्रलाई थप सहयोग गर्ने, महिला उद्यमी विकासमा लाग्ने, पत्रकारलाई सहयोग गर्नेलगायतका प्रतिबद्धताहरु गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस