कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०७६, ०७ : १३
कस्तो रहला आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गरेको छ ।

पूर्वानुमानमा पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबार पनि देशैभरीको मौसममा बदली हुने जनाएको छ । 

दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । यसैगरी, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ ।

साथै पहाडी क्षेत्रका केही स्थानमा भने पानी पर्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस