महिन्द्राको ‘एक्सयूभी–३००’ गाडी अब प्रदेश ३ को चितवनमा

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, २१ : १९
महिन्द्राको ‘एक्सयूभी–३००’ गाडी अब प्रदेश ३ को चितवनमा

चितवन । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि इन्कर्पोटेडले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्टस् यूटिलिटी भेइकल ‘एक्सयूभी–३००’ गण्डकी प्रदेश र बुटवलपश्चात अब चितवनमा विक्री वितरण सुरू गरेको छ ।

अग्नि गु्रपको स्थानीय विक्रेता सेन्ट्रल अटो जोन प्रालि चितवनका व्यवस्थापक राजकुमार बरालको स्वागत मन्तव्यपश्चात एक्सयूभी ३०० गाडीलाई नेपालको लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि गु्रका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । 

समोराहमा बोल्दै अग्नि गु्रपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भन्नुभयो, ‘हामी एक्सयुभी ३०० चितवनमा उपलव्ध गराउन पाउँदा उत्साहित छौँ, जुन अपेक्षापूर्ण नयाँ पुस्ताका महिन्द्रा सवारीसाधन मध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियक्त विशेषताहरुयुक्त एक्सयुभी ३०० हाम्रा ग्राहकबीच तत्कालै लोकप्रिय हुनेछ ।’

सेन्ट्रल अटो जोन प्रालि चितवनका प्रबन्ध निर्देशक राजेन्द्रकुमार बाटाजुका अनुसार महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा निकै प्रतीक्षा गरिएको मिड साइज एसयूभी हो । महिन्द्राको नयाँ एक्सयुभी ३०० को डिजाइन निकै आक्रमक रहेको छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाइँको आवश्यकता पूरा गर्नेछ र गाडीले चितवनमा निकै राम्रो विस्तार गर्ने आशा कम्पनीले गरेको छ । 

यसमा आकर्षक सनरुफको साथै एलइडी डेटाइम रनिङ लाइ, पशु स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलव्ध छन् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र पावरट्रेन प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनको तहहरुमा टर्क उपलव्ध गराई रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चिता गर्छ ।

सातवटा एयरव्याग, चारै चक्कामा डिस्क ब्रेक, १७ इन्चअलोय ह्विल, इबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षित गाडी बनेको छ । छ रंगका एक्सयुभी ३०० मा थुप्रै फस्ट इन सेग्मेन्ट सेफ्टी फिचरसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस