एसपी दानबहादुर मल्लमाथि कारबाही हुन सक्ने

पत्रपत्रिकाबाट

शुक्रबार, १८ पुस २०७६, ०८ : २६
एसपी दानबहादुर मल्लमाथि कारबाही हुन सक्ने

file photo

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले पुस ४ मा २४ जना एसपीको सरुवा गर्यो । सरुवा सूचीमा परेका केही जिल्ला प्रहरी प्रमुखहरु एक वर्षे अवधि पूरा गरेका थिए भने ६ महिनाअघि मात्रै सरुवा भएका एसपीको पनि त्यसमा नाम देखियो ।

सरुवा हुनुमध्ये एक थिए– चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल । ०७६ जेठ १२ मा चितवन प्रहरी प्रमुखमा मल्ललाई सरुवा गरिएको थियो ।  नेकपा अध्यक्ष प्रचण्ड निकट रहेका भनिएका मल्लले त्यतिबेला आफूले रोजेकै ठाउँ पाएका थिए । तर ६ महिनामै उनको सरुवा भयो । उनको ठाउँमा एसपी गंगा पन्तलाई खटाइयो । 

तर उनले जिल्ला नछाडेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालय हेटौडाले मल्ललाई १२ घण्टाभित्र चितवन छाडेर दरबन्दीमा हाजिर हुन निर्देशन दिएको छ । यस्तो निर्देशनपत्रको गोपनियता ख्याल नगरी एसपी मल्लले फेसबुकमा सार्वजनिक गरे ।

आन्तरिक नीति निर्देशन सामाजिक सञ्जालमा पोस्ट गरेर गोपनियता भंग गरेको कसुरमा उनलाई कारबाही हुन सक्ने खबर कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस