चितवनको सौराहामा हात्ती महोत्सव सुरू (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, १७ : २८
चितवनको सौराहामा हात्ती महोत्सव सुरू (फोटो फिचर)

चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा आजबाट १६ औँ हात्ती महोत्सव सुरु भएको छ । आगामी १८ गतेसम्म सञ्चालन हुने महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।

हरेक वर्ष लाग्ने चितवन हात्ती महोत्सवमा हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती फास्ट वाकलगायतका प्रतियोगिताहरु हुने खेल संयोजक अन्जन पाण्डेले बताउनुभयो । आज महोत्सवको पहिलो दिन हात्तीका छावाहरुबीच फुटवल खेलाइएको थियो । यस्तै हात्ती फास्टवाक पनि गरिएको थियो । कार्यक्रममा यसअघि विभिन्न जनजातिको झाँकीसहितको सांस्कृतिक र्याली निकालिएको थियो । 


प्रतिक्रिया दिनुहोस